×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

महुली लघुवित्तको एफपीओमा ४१ गुणा बढी आवेदन, आज अन्तिम दिन

महुली लघुवित्तको एफपीओमा ४१ गुणा बढी आवेदन, आज अन्तिम दिन

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको एफपीओमा ४१.३ गुणा बढी आवेदन परेको छ । आवेदन बन्द हुन एक दिन बाँकी रहँदा सोमबार साँझसम्म कुल १ करोड ९६ लाख ६० हजार ५३० कित्ता माग भएको सीडीएस एण्ड क्लियरिङले जनाएको छ ।

कम्पनीले ४ लाख ७५ हजार ४४९ कित्ता आवेदन खुलाएको हो । कम्पनीको एफपीओ भर्नका लागि आज मंगलबार अन्तिम दिन रहेको छ । अंकित मूल्य १ सय रुपैयाँकै दरले कम्पनीले एफपीओ जारी गर्न लागेको हो ।

एफपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीले इक्रा नेपालबाट बीबी माइनस प्राप्त गरेको छ । कम्पनीले ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनबमोजिम सर्वसाधारणमा जारी सेयर ३० प्रतिशत हुनुपर्नेमा हाल १९‍.६८ प्रतिशत मात्रै रहेकाले एफपीओ जारी गर्न लागिएको कम्पनीले स्पष्ट पारेको छ ।

गत असार मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २२१ रुपैयाँ छ भने प्रतिसेयर आम्दानी २१ रुपैयाँ ४४ पैसा छ । बजारमा सूचीकृत रहेको यस कम्पनीको सेयर मूल्य हाल प्रतिकित्ता १४६६ रुपैयाँ छ ।

प्रतिकृया दिनुहोस्