×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

संसदीय समिति सभापतिबारे निर्णय लिन कांग्रेस, एमाले र नेकपाको संयुक्त बैठक सुरु

संसदीय समिति सभापतिबारे निर्णय लिन कांग्रेस, एमाले र नेकपाको संयुक्त बैठक सुरु

काठमाडौं । विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ । संसदीय समितिका सभापतिको उम्मेदवारबारे छलफल गर्न विपक्षी दलहरु नेपाली कांग्रेस, एमाले र नेकपा संयुक्त बैठक बसेका हुन् ।

बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा विपक्षी दलका नेताहरु अर्जुननरसिंह केसी, युवराज दुलाल, गुरुप्रसाद बराल, भीष्म आङदम्बेलगायत सहभागी भएका छन्न् ।

बैठकले संसदीय समितिको सभापतिमा उम्मेदवारी दिने(नदिनेबारे निर्णय लिनेछ । ‘उम्मेदवारी दिऔं । जीतरहार स्वाभाविक छ’, संयुक्त छलफलमा रहेका एक नेताले भने ।

आज संसदीय समितिको सभापतिहरूमा मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय छ ।

मनोनयन दर्ताका दर्ता सिंहदरवारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुनेछ । आजै दिउँसो साढे ४ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ ।

संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् ।

राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यसअघि नै भइसकेको छ । प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त दुई वटा समिति सभापतिको निर्वाचन हुन बाँकी छ ।

गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो । सोही दिन सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका थिए ।

प्रतिकृया दिनुहोस्