×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बल्खुमा एक जना मृत फेला, अनुसन्धानका लागि ६ जना नियन्त्रणमा

बल्खुमा एक जना मृत फेला, अनुसन्धानका लागि ६ जना नियन्त्रणमा

काठमाडौं । बल्खुको तरकारी बजार नजिक मृत भेटिएका व्यक्तिको हत्या आशंकामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । मकवानपुर घर भएका रामकृष्ण दाहाल मृत भेटिएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले ६ जनालाई नियन्त्रणमा लिएको हो । तीमध्ये २ जना बढी शंकास्पद देखिएको एक अनुसन्धान अधिकृतले बताए ।

बल्खुस्थित मोहन बस्नेतको एक तले टिनको टहरमा डेरा गरी बस्ने दाहाल मृत भेटिएका हुन् ।

प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । मृतकको टाउकामा चोट लागेको पाइएको छ । हत्यामा आरोपमा प्रहरीले नियन्त्रणमा लिएका ६ जना मृतकसँगै बस्दै आएका व्यक्तिहरू रहेको खुलेको छ ।

उनीहरू सबै ज्यामी काम गर्नेहरू हुन् । नियन्त्रणमा रहेका एक जनाले दाहालले बिहानीपख रगत वान्ता गरेको प्रहरी समक्ष बताएका छन् ।

प्रतिकृया दिनुहोस्