×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

नगरप्रहरीको अवरोधका बिच प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमा पुर्‍याए कर्मचारीले

नगरप्रहरीको अवरोधका बिच प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमा पुर्‍याए कर्मचारीले

काठमाडौँ । काठमाडौँ महानगरका कर्मचारीले नगरप्रहरीको अवरोधका बिच प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पुर्‍याएका छन् ।

उनी करिब ४ महिनापछि कार्यालयमा प्रवेश गरेका हुन् । गुरागाईँलाई प्रवेश गर्न नदिन महानगरपालिकाका नगर प्रहरी खटिए पनि ठुलो सङ्ख्याका कर्मचारीसामु उनीहरू निरीह भए । गुरागाईँलाई कार्यकक्षमा पुगेसँगै त्यहाँ लगाइएको ताला फुटाइएको थियो ।

गुरागाईँलाई कार्यालय प्रवेश गर्न दिनुपर्छ भन्नेमा उपमेयर सुनिता डंगालेदेखि कांग्रेस तथा एमालेका जनप्रतिनिधि तथा कर्मचारी छन् ।

प्रतिकृया दिनुहोस्