ग्यासको कृत्रिम अभाव र कालोबजारी भए ९८५१११६७७३ मा उजुरी गर्न उद्योग मन्त्रालयको आग्रह ग्यासको कृत्रिम अभाव र कालोबजारी भए ९८५१११६७७३ मा उजुरी गर्न उद्योग मन्त्रालयको आग्रह
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

ग्यासको कृत्रिम अभाव र कालोबजारी भए ९८५१११६७७३ मा उजुरी गर्न उद्योग मन्त्रालयको आग्रह

ग्यासको कृत्रिम अभाव र कालोबजारी भए ९८५१११६७७३ मा उजुरी गर्न उद्योग मन्त्रालयको आग्रह

काठमाडौं । पछिल्लो समय देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएपछि सरकारले गुनासो सुनुवाइ र बजार अनुगमनमा सक्रियता बढाएको छ ।

ग्यास नपाएर उपभोक्ताहरू घण्टौंसम्म लाइनमा बस्न बाध्य भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कालोबजारी र कृत्रिम अभावबारे जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

उद्योगमन्त्री गौरीकुमारी यादवको सचिवालयले सूचना जारी गर्दै बजारमा ग्यास पाउन कठिनाइ भए सिधै सम्पर्क गर्न अपिल गरेको हो ।

कुनै पनि उपभोक्ताले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको, कालोबजारी गरिएको वा आपूर्तिमा कुनै समस्या देखे मोबाइल नम्बर ९८५१११६७७३ मा सम्पर्क गरी जानकारी गराउन सक्नेछन् ।

उपभोक्ताबाट प्राप्त जानकारी र गुनासो गम्भीरतापूर्वक लिइने मन्त्रालयले जनाएको छ । प्राप्त जानकारीका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि तत्काल पहल गरिने बताइएको छ ।

२० दिनदेखि बजारमा ग्यास आपूर्ति असहज बन्दा सर्वसाधारण मर्कामा छन् । ग्यास डिपोहरूमा लामो लाइन लाग्ने तर रित्तो सिलिन्डर लिएर फर्किनुपर्ने बाध्यता छ ।

यस्तो विषम परिस्थितिको फाइदा उठाउँदै केही व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्ने र बढी मूल्य लिने (कालोबजारी) गरेको गुनासो बढेपछि मन्त्रालयले सिधै सचिवालयमा उजुरी गर्न सक्ने व्यवस्था मिलाएको हो ।

प्रतिकृया दिनुहोस्