×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

देउवा नेतृत्वको कार्यसमिति भंग भइसक्यो : गगन थापा

देउवा नेतृत्वको कार्यसमिति भंग भइसक्यो : गगन थापा

काठमाडौं । देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको बताएका छन् । आफूमाथि कारबाही भएको खबर सार्वजनिक भएको केहीबेरपछि विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले अब निर्वाचन कमिटीले नयाँ कार्यसमिति चयन गर्ने बताए ।

‘यहाँ नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेको छ । श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको छ । अब नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने क्रममा छौं,’ उनले भने, ‘सिंगो देशले यो सुनिरहेको छ । नागरिकले सुनिरहेका छन् । देशभरका कांग्रेस कार्यकर्ता र शुभचिन्तकले सुनिरहेका छन् । यो हो नेपाली कांग्रेस ।’

उनले विशेष महाधिवेशनमा भेला भएकाहरू नै बीपी र गणेशमानका सच्च अनुयायी र सन्तान भएको बताए ।

‘नेपाली कांग्रेसका श्रद्धेय नेता बीपी कोइराला, श्रद्धेय गणेशमानको परिवारका सदस्यहरू यहाँ हुनुहुन्न । तर, त्यो भन्दा ठूलो परिवारको सदस्य हौं हामी । हामी हौं गणेशमानका सन्तान, हामी हौं बीपीका सन्तान । किनकी, जसले बीपी र गणेशमानका विचार बोके उनीहरू नै तिनका सन्तान हुन्,’ उनले भने ।

प्रतिकृया दिनुहोस्