×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मनोरञ्जन

जनकपुरका चर्चित कलाकार अभिनास झाकी श्रीमती सुटिङ सेट नजिकै मृत फेला

जनकपुरका चर्चित कलाकार अभिनास झाकी श्रीमती सुटिङ सेट नजिकै मृत फेला

जनकपुर । विवाह भएको ६ महिनामै जनकपुरका चर्चित कलाकार अभिनास झा ‘कलकतियाबाली’की श्रीमती मृत भेटिएकी छन् । मंगलबार बिहान चर्चित कलाकार (कलकतियाबाली) श्रीमती अँसा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी धनुषा प्रहरीले जनाएको छ । 

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० स्थित नोचापुरमा सोमबार राति उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुणबहादुर सिंहले बताए । 

उनका अनुसार सदा सुटिङ सेट नजिकै रहेको आफ्नो कोठामा झुन्डिएको अवस्थामा शव फेला परेको थियो । 

मृत्युबारे  खबर आए लगत्तै प्रहरीको टोली घटनाको सूक्ष्म अनुसन्धानमा जुटेको प्रहरी प्रवक्ता सिंहको भनाइ छ । त्यसका लागि सुटिङ सेटमा रहेका सबै डिभाइस प्रहरीले आफ्नो नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । 

पोष्टमार्टम रिपोर्ट नआएसम्म अहिले मृत्युको बारेमा केहि भन्न नसकिने अवस्था रहेको प्रहरीले जानकारी दिएको छ । यद्यपि, सदाको मृत्यु भने शङ्कास्पद रहेको प्रहरी स्रोतको बताउँछ ।

अन्तरजातीय विवाह गरेका अभिनास झा र अँसा सदा केही महिना अघि मात्रै विधिपूर्वक गृह प्रवेश गरेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्