×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

प्रतिनिधिसभाको सम्भावित कार्यसूची हेरफेर

प्रतिनिधिसभाको सम्भावित कार्यसूची हेरफेर

काठमाडौं । प्रतिनिधिसभाको सम्भावित कार्यसूची हेरफेर भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारका अनुसार आकस्मिक कारणले गर्दा आजका लागि निर्धारित कार्यसूची हटाइने भएको छ ।

आजको सम्भावित कार्यसूचीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने विषय थियो । यसलाई हटाएर संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुन सम्बन्धी महासन्धि आजै अनुमोदन गरिँदैछ ।

संसद् सचिवालयका अनुसार आजका लागि ‘संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि छलफल र अनुमोदन गरियोस्’ भन्ने कार्यसूची राखिँदैछ ।

प्रतिकृया दिनुहोस्