×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबिच आज टेलिफोन संवाद हुने

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबिच आज टेलिफोन संवाद हुने

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबिच आज टेलिफोन संवाद हुने भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज उनीहरूबिच टेलिफोन संवाद हुने भएको हो । 

यसअघि बुधबार नै मोदीसँग कार्कीको टेलिफोन संवाद हुने भनिएको थियो । प्रधानमन्त्री ज्यूले मंगलबारको क्याबिनेट बैठकमा भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन कुराकानी गर्ने भन्नु भएको थियो, गृहमन्त्री ओमप्रकाश अर्यालले भने, बुधबार किन स्थगित भयो थाहा हुन सकेन ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग सिंहदरबारमा भेटेर मोदीको सन्देश सुनाएका थिए । 
 

प्रतिकृया दिनुहोस्