×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

स्विट्जरल्यान्डमा हुने भनिएको अमेरिका–इरान शान्ति सम्झौता हस्ताक्षर समारोह रद्द

स्विट्जरल्यान्डमा हुने भनिएको अमेरिका–इरान शान्ति सम्झौता हस्ताक्षर समारोह रद्द

काठमाडौं । अमेरिका–इरानबीच हुने भनिएको बहुप्रतीक्षित शान्ति सम्झौता स्थगित भएको छ । स्वीट्जरल्यान्डमा आज (शुक्रबार) हुने भनिएको शान्ति सम्झौता समारोह अनितम समयमा स्थगित भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘सीएनएन–न्युज १८’ ले समारोहमा सहभागी हुन कुनै पनि उच्चस्तरीय अमेरिकी वा इरानी अधिकारी स्वीट्जरल्यान्ड नजाने जनाएको छ ।

‘सीएनएन–न्युज १८’ ले कूटनीतिक स्रोतको हवाला दिँदै अब प्रक्रिया औपचारिक हस्ताक्षरभन्दा प्राविधिक तहका लामो वार्तातर्फ मोडिएको जनाएको छ ।

अमेरिका, इरान, कतार र पाकिस्तानका अग्रिम टोलीहरू हाल स्वीट्जरल्यान्डका ब्युर्गेनस्टक र ज्युरिखमा रहेर वार्ताको नयाँ ढाँचा व्यवस्थापन गरिरहेका छन् ।

स्रोतहरूका अनुसार सम्झौताका बाँकी जटिल तथा प्राविधिक विषयमा सहमति जुटाउन आगामी ६० दिनसम्म विभिन्न चरणमा प्राविधिक वार्ता सञ्चालन हुनेछ ।

ती छलफलहरूमा सम्झौताका सूक्ष्म तथा बाँकी रहेका विषयहरू टुंग्याउने प्रयास गरिने बताइएको छ ।

शान्ति सम्झौताका लागि गरिएको तयारीमा भएको अप्रत्याशित परिवर्तनले पाकिस्तानको आधिकारिक भ्रमण तालिकामा पनि असर पारेको समाचारमा उल्लेख छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले स्वीट्जरल्यान्ड भ्रमण रद्द गरेका छन् ।

समाचारमा भनिएको छ, ‘समझदारीपत्र (एमओयू) सम्बन्धी मुख्य एजेन्डा सफलतापूर्वक सम्पन्न भइसकेकाले शरिफको भ्रमण आवश्यक नरहेको निष्कर्ष निकालिएको हो ।’

प्रतिकृया दिनुहोस्