×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

जुम्ला–१ मा नेकपाले बनायो भण्डारीलाई उम्मेदवार

जुम्ला–१ मा नेकपाले बनायो भण्डारीलाई उम्मेदवार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले जुम्ला–१ बाट नरेश भण्डारीलाई उम्मेदवार चयन गरेको छ । भण्डारीले सामाजिक सञ्जालमार्फत आफूलाई पार्टीले उम्मेदवार चयन गरेको जानकारी गराएका छन् ।

जिल्ला पार्टीले भण्डारीलाई एकल सिफारिस गरेको थियो । पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले शनिबार उनलाई उम्मेदवारको टिकट हस्तान्तरण गरेका हुन् ।

उक्त तस्वीर सार्वजनिक गर्दै भण्डारीले भनेका छन्, ‘आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जुम्ला जिल्ला – १ बाट नेपाली कम्युनिष्ट पार्टीले मलाई उम्मेदवार चयन गरेको छ ।’

भण्डारी २०६४ सालमा जुम्लाबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए । २०७४ सालको निर्वाचनमा उनी कर्णाली प्रदेशसभा सदस्य बनेका थिए ।

त्यसपछि कर्णाली प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी उनले सम्हालेका थिए ।

प्रतिकृया दिनुहोस्