काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको २८ सयले घटेर तोलाको ३ लाख १४ हजार २ मा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख १७ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले घटेर ५४९५ मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५५१५ मा कारोबार भएको थियो ।