×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

त्रिभुवन राजपथको अघोर बजार नजिकै सडक भासियो, राजमार्ग एकतर्फी सञ्चालन

त्रिभुवन राजपथको अघोर बजार नजिकै सडक भासियो, राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुर भिमफेदी गाउँपालिका-९ अघोर बजार नजिकैको सडक खण्ड भासिएको छ । उक्त राजमार्ग अन्तर्गतको सडकको तल्लो भाग भसिन जाँदा राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

सोमबार बिहान ९:४० बजेको समयमा भासिएको सडकखण्ड दुईतर्फी सञ्चालनमा ल्याउनका लागि सडक विभागसँग समन्वय गरी ट्रयाक बनाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

सडक दुईतर्फी खुलाउनका लागि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको कमान्डमा ट्राफिकसहितको टोली परिचालन भएको छ ।

पृथ्वी राजमार्गको कृष्णभिरमा त्रिशूलीको बाढीले सडक कटान गरेपछि हेटौंडा-काठमाडौं आउजाउ गर्ने वैकल्पिक राजमार्गको रूपमा त्रिभुवन राजपथ प्रयोग हुँदै आएको छ । जसका कारण यो राजमार्गमा सवारीको चाप छ ।

प्रतिकृया दिनुहोस्