×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

३ हप्ता देखि अबरुद्ध भएको अरनिको राजमार्ग अन्तर्गत कोदारी सडक सञ्चालनमा

३ हप्ता देखि अबरुद्ध भएको अरनिको राजमार्ग अन्तर्गत कोदारी सडक सञ्चालनमा

काठमाडौं । पहिरोले सडक अबरुद्ध हुँदा ३ हप्ता देखि अबरुद्ध भएको अरनिको राजमार्ग अन्तर्गत कोदारी सडक सञ्चालनमा आएको छ । अरनिको राजमार्ग स्थित कोदारीको इको पहिरोमा सडक भासिएर अबरुद्ध भएसगै बिहिवारबाट सडक सञ्चालन गरिएको हो ।

बर्षातको समय भएकोले पानी परेपछि निरन्तर पहिरो बग्ने सो क्षेत्रको सडक अबरुद्ध हुँदै आएको थियो । पहिरो पन्छाउन हर प्रयास गर्दा पनि सडक नखुल्दा सडक डिभिजन कार्यालय चरिकोट, भोटेकोसी गाउँपालिका र नाका सबद्ध व्यावसायिले हैरानी खेप्न पुगे।

चाडपर्व नजिकिएसगै व्यावसायिले तातोपानीबाट दशै, तिहार, छठ लगायत पर्वलाई लक्षित सामाग्री हालिसकेका छन् । तर तातोपानी कोदारी सडक पुर्णरुपमा बन्द बन्न पुग्दा व्यावसायी मारमा परेका हुन्।

‘पहिरो गएको ३ हप्ता भयो हामी ३ हप्ता देखि सडक नखुल्दा समस्य भोग्न पर्‍यो सिन्धुपाल्चोक उद्योग बाणिज्य सघका अध्यक्ष बुद्धराज बस्नेतले भने, ‘यो ३ हप्ताको समयमा धेरै घाटा ब्यहोर्नु पर्‍यो कतिपय सामान बोकाएर पहिरो पारी गरियो तर बिहिबारबाट सडक खुलेको छ, अध्यक्ष बस्नेतले भने अब पानी परेर पहिरो बगेन भने अस्थायी रुपमा सडक संचालन हुन्छ।’

बिहिवार अड्किएको ३० वटा सामान बोकेको कन्टेनर भन्सार यार्ड् पुगे भने नेपालबाट खाली कन्टेनर चीन तर्फ अहिलेसम्म ६ वटा गएको व्यावसायिहरु बताउँछन्। अहिले हामीले खाली कन्टेनर मितेरी पुल छेउमा राख्ने गरि पठाएका छौ, बेलुकासम्म १५/२० वटा कन्टेनर पठाइने व्यावसायी बिजय शेर्पाले बताए ।

अरनिको राजमार्ग स्थित भोटेकोशी गाउँपालिका–२ मा पर्ने कोदारी सडक खण्डको इको पहिरोमा साउन १७ गते राती खसेको पहिरोले सडक सबै भासिएको र माथिबाट बस्ती नै बगेर सडकको लेभलमा आइपुगेको थियो । बिहिबार सडक सञ्चालनमा आएसगै नेपाल छिरेका कन्टेनर ४५ वटा छ्न भने चिनियाँ भुभागमा झन्डै ५ सय कन्टेनर रोकिएका छन्।

सडकमा समस्या नआए न्यालम,ढिङ्ग्रे, खासा र जाङ्बु पोर्टमा रोकिएको कन्टेनर दुई दिन भित्र नेपाल भित्रिने छ्न्। तर चिनियाँ पक्षले जाचपास गर्न समय लगाउने भएकोले कन्टेनर आउन ढिला हुने व्यावसायीहरू बताउँछन्।

प्रतिकृया दिनुहोस्