काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य सुधारोन्मुख देखिएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत वैद्यको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
अहिले केही सुधार भइरहेकाले छिट्टै वार्डमा सार्नेबारे छलफल भइरहेको छ ।
अक्सिजनको लेभल बेला–बेला तलमाथि हुने गरेकाले उनलाई अहिले भने आईसीयूमै राखिएको छ । ‘बेला-बेला स्वास्थ्य धेरै नै बिग्रिएको जस्तो देखिने र फेरि सुधार भएको जस्तो देखिने भइरहेको थियो । अहिले सुधार भएको जस्तो देखिन्छ,’ स्रोतले भन्यो ।
७८ वर्षीय वैद्य श्वासप्रश्वासमा समस्या आएपछि यही पुस दोस्रो सातादेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् ।