×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

तीनकुने घटना : प्रसाईंसहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा

तीनकुने घटना : प्रसाईंसहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा

काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूमध्ये ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति अबेर आदेश जारी गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउने ओदश गरेको हो ।

त्यस्तै, अन्य ३२ जनालाई भने धरौटीमा रिह गर्ने आदेश भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार, प्रसाईंलाई आपराधिक उपद्रवको कसुरमा थुनामा पठाउने आदेश भएको हो । काठमाडौं जिल्ला अदालतमा प्रतिवादीहरूको बयान सकेर २० जेठदेखि थुनछेक बहस सुरु भएको थियो । आज उक्त बहस सकिएको हो ।

तीनकुने घटनामा प्रतिवादीमध्ये अहिले ३९ जना प्रतिवादी हिरासतमा थिए । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो ।

त्यसपछि सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । चार जना भने नाबालक रहेकाले भक्तपुर पठाइएको थियो । उनीहरू ११ जेठमा मुद्दा दायर भएको थियो । त्यसयता निरन्तर काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा थुनछेक बहस भइरहेको छ ।

११ जनालाई आपराधिक उपद्रवको मात्रै मुद्दा लगाइएको थियो । आपराधिक उपद्रवको मुद्दा खेपेकाहरू भने धरौटी बुझाएर रिहा भइसकेका छन् । राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंसहित आठ जनालाई भने कर्तव्य ज्यानको समेत मुद्दा लगाइएको थियो ।

प्रतिकृया दिनुहोस्