×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सिरहामा पुरुषको शव भेटियो, हत्याको आशंका

सिरहामा पुरुषको शव भेटियो, हत्याको आशंका

जनकपुरधाम । सिरहामा एक युवकको शव फेला परेको छ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–१ बुदियाचापमा  स्थानीय रामसेवक महराका छोरा ४३ वर्षीय अजय महरा घाँटीमा गम्छा बेरिएर लडिरहेको अवस्थामा मृत फेला परेका हुन् ।

आज बिहान आफ्नो घरभन्दा केही पर मुलिफ अलि मन्सुरको आँपको रुख तल शव फेला परेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासमानले जानकारी दिए । आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

डीएसपी पासवानका अनुसार मृतकको घाँटीमा गम्छा बेरिएको छ । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । घटनास्थलको प्रकृति हेर्दा हत्या भएजस्तो देखिने र अनुसन्धान सुरु गरिएको प्रहरीको जनाएको छ ।

प्रतिकृया दिनुहोस्