×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित

कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित

काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको शनिबार (आज) हुने पदयात्रा लगायतका कार्यक्रम स्थगित गरिएको छ । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य होमनाथ दाहालको सम्मानमा पदयात्रा लगायतका कार्यक्रम स्थगित गरिएको हो । 

शनिबार दोश्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले एक विज्ञप्ति जारी गर्दै पदयात्रा लगायतका कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ । आइतबार हुने विशेष महाधिवेशन समुद्घाटन समारोह भने उनको श्रद्धा र सम्मानका साथ प्रारम्भ गर्ने सचिवालयले जनाएको छ । 

सचिवालयले दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरेको छ ।  दाहालको शुक्रबार साँझ निधन भएको थियो । 

प्रतिकृया दिनुहोस्