×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

यू-१९ महिला टी-२० विश्वकप छनोट नेपालले आज कुवेतसँग खेल्दै

यू-१९ महिला टी-२० विश्वकप छनोट नेपालले आज कुवेतसँग खेल्दै

काठमाडौं । यूएईमा भइरहेको यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले आज कुवेतसँग खेल्दैछ । खेल दुबईस्थित दी सेभेन्स मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

प्रतियोगितामा चार मध्ये तीन खेल जितेको नेपालले यसअघि पहिलो खेलमा कुवेतलाई १०८ रनले हराएको थियो । नेपाल ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । कुवेत भने लगातार चार हार व्यहोर्दै अंकविहीन छ ।

नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १०८ रनले पराजित गरेको थियो । त्यसपछि यूएईसँग १३ रनले पराजित भएको नेपालले थाइल्याण्डलाई फेरि १०६ रनले हरायो ।

चार टोली सहभागी छनोट प्रतियोगितामा डबल राउण्ड रोविनका आधारमा खेल भइरहेको छ र शीर्ष स्थानमा रहने टोली मात्र यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।

घरेलु टोली यूएई सबै चार खेल जितेर ८ अंकसहित शीर्ष स्थानमा छ । यूएईले आज थाइल्याण्डसँग खेल्नेछ । लिग चरणको अन्तिम खेलमा बुधबार नेपालले यूएईको सामना गर्नेछ ।

प्रतिकृया दिनुहोस्