×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

रास्वपाका महाधिवेशन प्रतिनिधिको शुल्क पाँच हजार निर्धारण

रास्वपाका महाधिवेशन प्रतिनिधिको शुल्क पाँच हजार निर्धारण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनका प्रतिनिधिको शुल्क तय गरेको छ । प्रति प्रतिनिधि पाँच हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । पर्यवेक्षकलाई थप दुई हजार तोकिएको छ ।

पर्यवेक्षकलाई पाँच हजार तय गरिएको छ । आर्थिक रुपमा विपन्न सदस्यहरूको लागि पार्टीले सहायता कोष सञ्चालन गर्ने जानकारी गराइएको छ ।

रास्वपाको  निर्वाचन आयोगका अनुसार प्रतिनिधिको संख्या तीन हजार हारहारी रहने छ । रास्वपाले प्रथम महाधिवेशन यही महिना (असार)को ७ देखि ९ गतेसम्मे चितवनमा गर्ने गरी तयारी गरेको छ ।

पार्टी गठन भएको चार वर्ष पुगेकै दिनबाट महाधिवेशन सुरु गर्न लागिएको हो । महाधिवेशनका लागि मूल आयोजक समिति सहित १८ वटा उपसमिति गठन गरिएको छ ।

प्रतिकृया दिनुहोस्