काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा १३ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रतितोला दुई हजार २ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।