×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

५८ जना संघीय सांसदले मात्रै बुझाए सम्पत्ति विवरण

५८ जना संघीय सांसदले मात्रै बुझाए सम्पत्ति विवरण

काठमाडौं । ५८ जना सांसदले आफ्नो सम्पत्ति विवरण बुझाएका छन् । उनीहरूले संघीय संसद् सचिवालयको सांसद सुविधा शाखा शाखामा बुझाएका हुन् ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ (क) को उपदफा (१) मा सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।

दुवै ऐनमा सार्वजनिक पद धारण गरेको मितिले ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक सम्पत्ति विवरण तोकिएको निकाय वा अधिकारी समक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

यही व्यवस्था स्मरण गर्दै संघीय संसद सचिवालयको सांसद सुविधा शाखाले यसअघि नै सूचना निकालेर सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन भनेको छ । जसअनुसार प्रतिनिधिसभा सदस्यहरूले आगामी जेठ १० गतेसम्म आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ ।

संघीय संसद् अन्तर्गत २७५ सदस्यीय प्रतिनिधिसभा र ५९ सदस्यीय राष्ट्रिय सभा छ ।

 

प्रतिकृया दिनुहोस्