सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुर्खेतका कार्यवाहक सभापति जगत बस्नेत तथा कर्णालीका संस्थापक महामन्त्री चन्द्रकला विक पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका छन् ।
उनीहरूलाई कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुर्खेत पुगेर पार्टीमा स्वागत गरेका हुन् ।
प्रदेशकै महामन्त्री र प्रदेश राजधानीको कार्यवाहक सभापति काँग्रेस प्रवेश गरेपछि नावको मुखमा रास्वपालाई ठूलो क्षति पुगेको विश्लेषण गरिएको छ ।