काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला एक लाख ६५ हजारमा कारोबार भएको थियो ।
चाँदी आज तोलामा २० रुपैयाँ बढेर प्रतितोला दुई हजार ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।