×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि मतदान सुरु

उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि मतदान सुरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आज मतदान भइरहेको छ ।

सोमबार महासंघको ६० औं वार्षिक साधारणसभा उद्घाटन भएको थियो । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । सोही अनुसार अन्जन श्रेष्ठ स्वतः अध्यक्ष हुनेछन् ।

तर उपाध्यक्ष र कार्यकारिणी समिति सदस्यका लागि भने आज मतदान भइरहेको छ । महासंघमा हेमराज ढकाल र शिव प्रसाद घिमिरेका दुई प्यानल चुनावी मैदानमा छन् ।

ढकाल प्यानलले वरिष्ठ उपाध्यक्षमा ढकाललाई उम्मेदवार घोषणा गरिसकेको छ । अब निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष श्रेष्ठ पछि स्वतः अध्यक्ष हुनेछन् । महासंघका अध्यक्ष चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ लगायतले मतदात गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्