×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सहकारी छानबिन समितिको प्रतिवेदनमा सर्वसम्मत, संसदमा पेश गर्ने तयारी

सहकारी छानबिन समितिको प्रतिवेदनमा सर्वसम्मत, संसदमा पेश गर्ने तयारी

काठमाडौँ । सहकारी छानबिन संसदीय विशेष समितिले आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिएको छ । उक्त प्रतिवेदन सोमबार नै संसदमा पेश गरिने सभापति सूर्य थापाले जानकारी दिए । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले ४० वटा सहकारीबाट ८७ अर्ब अपचलन भएको निष्कर्ष निकालेको छ । 

सोमबार अन्तिम रुप दिइएको समितिको प्रतिवेदनमा ४० वटा सहकारीबाट ८७ अर्ब अपचलन भएको निष्कर्षसहितको प्रतिवेदन तयार गरिएको समितिका एक सदस्यले जानकारी दिए । 

उनका अनुसार प्रतिवेदन १८ परिच्छेदमा रहेको छ भने सहकारी ठगीसँग सम्बन्धित विषयमा सरकारलाई आवश्यक सुझाव र कारबाही सिफारिस गरिएको छ ।  प्रतिवेदनमा सहकारीबाट पैसा लैजान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता नरहेको निष्कर्ष निकालिएको छ ।  तर, उक्त रकम प्रयोग गर्न भने गोरखा मिडियामा रहँदा उनी संलग्न भएको प्रतिवेदनमा उल्लेख छ । 

४ सहकारीबाट गोरखा मिडियामा ६७ करोड गएको प्रतिवेदनमा उल्लेख छ ।  समितिका सभापति सूर्य थापाले सोमबारको बैठकबाट प्रतिवेदन पारित गरेको र आजै हाउसमा प्रस्तुत गरिने जानकारी दिए । तीन महिनाअघि संसद‍्बाट गठन भएको समितिले तयार गरेको प्रतिवेदनलाई अन्तिम रूप दिएसँगै आज हस्ताक्षर भएको हो ।  

समितिले प्रतिवेदन तयार पार्न कार्यक्षेत्र (टीओआर) मा उल्लेख गरिएका २९ सहकारीका पदाधिकारीसहित सम्बन्धित निकायसँग छलफल र स्थलगत अध्ययन समेत गरेको थियो । समितिले रास्वापा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पनि बयान लिएको थियो ।
 

प्रतिकृया दिनुहोस्