×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

इनरुवामा पति-पत्नी मृत फेला

इनरुवामा पति-पत्नी मृत फेला

विराटनगर । सुनसरीको इनरुवामा पति-पत्नी मृत फेला परेका छन् । आइतबार बिहान इनरुवा नगरपालिका–९ बबियाका ३५ वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत फेला परेका हुन् ।

सुनसरी प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाका अनुसार फुसको घरको धुरीमा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा सुकदेवको शव फेला परेको छ ।

सवेताको शव भने ओछ्यानमा फेला परेको छ । उनका अनुसार सुकदेवको शरीर अर्ध नग्न अवस्थामा छ । उनकी श्रीमतीको शव भने बेडमा सुतिरहेको अवस्थामा छ । घटना शंकास्पद भएकाले अनुसन्धान गरिरहेको उनले बताए ।

आइतबार बिहान करिब ९बजे स्थानीयले घरभित्र दम्पतीलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिकृया दिनुहोस्