×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

संयम, संवेदना र सामाजिक उत्तरदायित्वका साथ तीज मनाउन प्रचण्डको आग्रह

संयम, संवेदना र सामाजिक उत्तरदायित्वका साथ तीज मनाउन प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले दिदीबहिनी तथा आमाहरूलाई संयम, संवेदना र सामाजिक उत्तरदायित्वका साथ तीज पर्व मनाउन आग्रह गरेका छन् ।

हरितालिका तीज पर्वको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, ‘आज हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तीज । यस वर्ष भोटेकोशीमा आएको प्रलयकारी बाढीले ठूलो जनधनको क्षति र विनाश निम्त्याएको दुःखद घडीमा विगतका वर्षझैँ उल्लासका साथ तीज मनाउने अवस्था छैन । त्यसैले सम्पूर्ण दिदीबहिनी तथा आमाहरूलाई संयम, संवेदना र सामाजिक उत्तरदायित्वका साथ तीज मनाउन हार्दिक आग्रह गर्दछु ।’

दुःखमा रहेका परिवारप्रति ऐक्यबद्धता जनाउँदै पीडितको उद्धार, राहत र पुनर्स्थापनामा आ–आफ्नो ठाउँबाट सहयोग गर्न उनले आग्रह गरेका छन् ।

संयोजक प्रचण्डले संवेदना र संयमलाई राष्ट्रिय एकताको शक्तिमा बदल्न समेत आग्रह गरेको छन् ।

प्रतिकृया दिनुहोस्