×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

देउवा पक्षले आयोगमा बुझायो ८ सय बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर फिर्ताको कागजात

देउवा पक्षले आयोगमा बुझायो ८ सय बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर फिर्ताको कागजात

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको भनिएका ८ सय बढी प्रतिनिधिहरूको हस्ताक्षर फिर्ताको कागजात निर्वाचन आयोगमा बुझाएको छ ।

विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा केन्द्रीय कार्यसमिति गठन गरेको दुई दिनपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले आयोगमा ८८५ प्रतिनिधिहरूको हस्ताक्षर फिर्ताको प्रमाण बुझाएको दाबी गरेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको प्रमाण आयोगसमक्ष बुझाइएको प्रतिक्रिया दिए ।

गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आधिकारिताको दाबी गर्दै आयोगमा पत्र बुझाएको एकदिनपछि शुक्रबार कार्यवाहक सभापति खड्का पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यसँगै भ्रातृ संगठनहरूसहितको दलबलका साथ आयोग पुगेका थिए ।

कांग्रेस टोलीसँगको भेटमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आधिकारिकता विवादको सन्दर्भमा आयोगले विधिसम्मत निर्णय दिने बताएका छन्  ।

प्रतिकृया दिनुहोस्