×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

बाग्मती

बागमतीको बजेट पूर्वनिर्धारित समयमा नआउने

बागमतीको बजेट पूर्वनिर्धारित समयमा नआउने

हेटौंडा । बागमती प्रदेश सरकारको बजेट पूर्वनिर्धारित समयमा प्रस्तुत नहुने भएको छ ।

बजेटमाथि सरकारभित्र विवाद उत्पन्न भएपछि बजेट प्रस्तुतका लागि ३ बजेलाई बोलाइएको प्रदेशसभा बैठक करिब ७ बजेलाई राख्ने तयारी भइरहेको हो । प्रदेशसभा सचिवालयका प्रवक्ता कानुन अधिकृत मनोजकुमार गुप्ताले साढे ६ बजेपछि मात्रै बैठक बस्ने जानकारी दिए । सचिवालयले बैठक स्थानान्तरण भएको सम्बन्धी सूचना निकाल्न लागेको गुप्ताले बताए ।

सरकारले मन्त्रिपरिषद् बैठक साढे ५ बजेलाई राखेको छ । भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले साढे ५ बजेलाई मन्त्रिपरिषद् बैठक बोलाइएको र त्यसपछि मात्रै प्रदेशसभा बस्ने जानकारी दिए । यसअघि मन्त्रिपरिषद् बैठक दिउस साढे २ बजेलाई बोलाइएको थियो ।

सत्ता साझेदार दल नेकपा एमालेसँगको सहमति भन्दा बढीको बजेट ल्याउने तयारी भएपछि सरकारमा तनाव भएको थियो । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच बजेट ६८ अर्ब भन्दा बढी बढाउन नपाइने समझदारी भएकोमा मुख्यमन्त्री बहादुर सिंह लामा र आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले ७२ अर्ब पुर्‍याएको आरोप लगाइएको छ ।

जसकारण सरकारमा विवाद उत्पन्न भएपछि प्रदेशसभा बैठक पूर्वनिर्धारित समयमा बस्न नसकेको एक सांसदले जानकारी दिए । आजै बस्ने मन्त्रिपरिषद् बैठकले बजेट पास गरेपछि प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुपर्ने हुन्छ । बजेट नसच्चिए मन्त्रिपरिषद् बैठकबाट बजेट पास हुनेमा अन्यौलता देखिएको छ ।
 

प्रतिकृया दिनुहोस्