×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

एमालेबाट समाजवादको कल्पना गर्न सकिन्नँ, त्यसको नेतृत्व माओवादीले नै गर्नुपर्छ : देव गुरुङ

एमालेबाट समाजवादको कल्पना गर्न सकिन्नँ, त्यसको नेतृत्व माओवादीले नै गर्नुपर्छ : देव गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा एमालेबाट समाजवादको कल्पना गर्न नसकिने बताएका छन् ।

शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कम्युनिष्ट आन्दोलनको माओवादी केन्द्रले मात्रै नेतृत्व गर्न सक्ने बताए ।

‘कम्युनिस्ट आन्दोलनको नेतृत्व माओवादी केन्द्रले मात्र गर्न सक्छ, एमालेले गर्न सक्दैन’ उनले भने, ‘एमाले सामन्तवादको प्रतिनिधि हो, दलालहरूको पार्टी भइसकेको छ। एमालेबाट समाजवादको कल्पना गर्न सकिन्नँ, त्यसको नेतृत्व माओवादी नेतृत्वले नै गर्नुपर्छ।’

गुरूङले जातीय समस्या वर्गीय समस्याकै भिन्नरूप भएको उल्लेख गर्दै भने, ‘जातीय प्रश्न राष्ट्रियतासँग अभिन्न रूपले जोडिएको छ। यसको वर्गीय प्रश्नसँग गहिरो सम्बन्ध राख्दछ।’

प्रतिकृया दिनुहोस्