कोशीमा नेकपाले छान्यो ४ मन्त्री कोशीमा नेकपाले छान्यो ४ मन्त्री
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कोशीमा नेकपाले छान्यो ४ मन्त्री

कोशीमा नेकपाले छान्यो ४ मन्त्री

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ । आन्तरिक छलफलपछि सोमबार दिउँसो ४ मन्त्री र एक राज्यमन्त्रीको नाम टुङ्गो लगाएको हो ।

नेकपा कोशी प्रदेश इञ्चार्ज राजेन्द्र राईका अनुसार जीवन आचार्यले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनेछन् । उनी अघिल्लोपटक पनि मन्त्री थिए । आचार्य नेकपा संयोजक प्रचण्डका छोरीज्वाइँ हुन् ।

गीता तिम्सिनालाई सामाजिक विकास मन्त्री बनाइने भएको छ । गोम्बु शेर्पाले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । खिनु लङ्वा लिम्बुलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउने छिन् ।

सपना  दर्जीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीको जिम्मेवारी दिइने छ । नयाँ मन्त्रीको सपथ आजै अपराह्न ४ बजे गर्ने तयारी रहेको प्रदेश इञ्चार्ज राईले बताए ।

प्रतिकृया दिनुहोस्