काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा १५ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी तोलामा १० रुपैयाँ घटेर प्रतितोला एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।