×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्न निर्देशन

असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्न निर्देशन

काठमाडौँ । यातायात व्यवस्था विभागले असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्न सवारी धनीलाई निर्देशन दिइएको छ । 

मंगलबार विभागले एक सूचना जारी गर्दै  प्रदेश सरकार मातहतका सबै यातायात व्यवस्था कार्यालयहरूमा सवारी दर्ता, नामसारी र नवीकरण गर्दा सवारी धनीलाई निर्देशन दिइएको हो । 

विभागले सूचनामा भनेको छ,‘सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडानका लागी सबै सवारी धनीहरूले यथाशीघ्र सम्बन्धित यातायात कार्यालयहरूमा गई  हाई सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्नुहुन यसै सूचनामार्फत जानकारी गराइन्छ ।’

२०८१ साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले २०८२ असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो । सोही अनुसार सवारी दर्ता, नामसारी, र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडानका लागी सवारी धनीलाई निर्देशन दिइएको हो ।

प्रतिकृया दिनुहोस्