काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचादीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ४ हजार रुपैयाँ घटेर प्रतितोला दुई लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला तिन लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३ सय ५५ रुपैयाँ घटेर प्रतितोला ५ हजार ३ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।