×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बीपी राजमार्गका नौ स्थानमा सडक मर्मत सकियो ,सात स्थानमा जारी

बीपी राजमार्गका नौ स्थानमा सडक मर्मत सकियो ,सात स्थानमा जारी

काठमाडौँ । बाढीले क्षतिग्रस्त बीपी राजमार्गका नौ स्थानमा पुनर्निर्माण सम्पन्न भएको छ । सडक विभागले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार अब ७ स्थानमा मर्मत कार्य जारी रहेको छ । 

बाढीले क्षति गरेको ३ हजार ८४२ मिटर सडकमध्ये १ हजार ८४५ मिटर सडक पुनर्निर्माण भइसकेको विभागले जनाएको छ । 

विभागका अनुसार डालाबेँसी ५ सय मिटर,  कालढुंगा ४१०, नार्के ५० मिटर, गिम्दिबेँसी ५० मिटर, चार सय बेँसी घुमाउनेमा ८० मिटर, कटुन्जे घुमाउनेमा ३ सय मिटर,  चौकीडाँडामा ३७५ मिटर र दाप्चा पुलमा ८० मिटरमा पुनर्निर्माण सम्पन्न भएको विभागले जनाएको छ । 

यस्तै गरी अब माम्ती  ४ सय मिटर,अपर माम्ती २३५ मिटर, लोअर पिप्ले २२० मिटर, अपर पिप्ले २२० मिटर बोक्सीकुना २ सय,  चिउसीवास १२० मिटर  र चारसयबेँसीमा ३ सय मिटरमा मर्मत कार्य जारी रहेको छ । 

प्रतिकृया दिनुहोस्