×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अखिल क्रान्तिकारीमा उमेर हद लगाउने कि नलगाउनेबारे निर्वाचन आज

अखिल क्रान्तिकारीमा उमेर हद लगाउने कि नलगाउनेबारे निर्वाचन आज

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीको उमेर हदसम्बन्धी विवाद निर्वाचन प्रक्रियाबाट छिनोफानो हुने भएको छ । उमेर हद राख्ने कि नराख्ने सम्बन्धी विवाद चर्किँदा सोमबार दुई पक्षबिच हुलदङ्गा भएको थियो ।

यससम्बन्धी विवादले अप्रिय स्थिति सिर्जना  भएपछि बसेको क्रान्तिकारीको केन्द्रीय कार्यालय बैठकले निर्वाचन प्रक्रिया अगाडि बढाउनका लागि निर्वाचन समितिलाई हल प्रदान गर्ने निर्णय गरेको थियो । क्रान्तिकारीको निर्णयअनुसार दिउँसो १२ बजेपछि निर्वाचन प्रक्रिया अगाडि बढ्ने प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले जानकारी दिए । 

‘उमेर हदसम्बन्धी निर्वाचन प्रक्रिया अगाडि बढाउन जानकारी आएको छ । स्वच्छ, निष्पक्ष र निर्भीक रूपले पाएको जिम्मेवारी बहन गर्छौँ’, रातोपाटीसँग प्रधानले भने, ‘उमेर हद लगाउने कि नलगाउने रु उमेर हद लागे कति वर्ष उमेरकोमा लगाउने भन्नेबारे प्रक्रिया अगाडि बढ्दैछ । यो छिनोफानो भएपछि मात्र नेतृत्वको निर्वाचन अगाडि बढ्छ ।’

बन्दसत्रमा २८, ३० र ३२ उमेर हद लागु गर्नुपर्ने प्रस्ताव आएको छ । सङ्गठनमा धेरै वर्ष काम गरेका अनुभवी पुराना नेताहरू उमेर हद लगाउन नहुने पक्षमा देखिएका छन् । उमेर दल विवादका कारण २३ औँ राष्ट्रिय सम्मेलन लम्बिएको छ ।

प्रतिकृया दिनुहोस्