×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

कला / संगीत

प्यारो मुलुक

प्यारो मुलुक

थपिएका छन्
घरका तलाहरू
चिल्ला कार कुदैकै छन्
सडक–सडकमा
आएकै छन् स्तुतिपरक
योग्य अन्तर्वार्ता
छापिएकै छन्
लाखौँ पत्रिकामा
बधाई र शुभकामना
सुदूर बस्तीको खबर
प्रायः हत्या गुमनाम
गरिएकै छ विकासका
बहस अनेक
लर्को लागेकै छन्
बलिया युवाहरू परतिर ।

कागजमा विकास
कति भए कति
नेतै नेता छन्
टोलटोलमा
आएकै छै लोकतन्त्र
सामाजिक सञ्जालमा
गाली बेइज्जती कक्षा
भएकै छ प्रशिक्षण ।

एकोहोरो दोषारोपण
गरिरहेछन् एकापस
निर्णायकहरू अझै
मासिँदै छन् स्वच्छ पर्यावरण
मान्छे अझ
भर्चुअल कविताले
अघाउँला जस्तो गर्छ ।
पसिनाको मोल अझै
पाउँदैन किसान ।

भरिएका छन् फाँटहरू
अनेक संरचनाले
पहाड खाली प्रायः छ
सुक्दैछन् भूमिगत मूलहरू
अतिक्रमण हुँदैछन्
ताल तलैया
तथापि
पचासौँ पटक
एकै ठाउँमा भएकै छ
स्मृतिमा वृक्षारोपण
सूचकहरू यही नै हो
वा
अर्कै प्राप्त हुने हो
समृद्धि हुँदै गरेको
प्यारो मुलुकमा ।

प्रतिकृया दिनुहोस्