×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

राप्ती गाउँपालिकाका ९ वटै वडा कार्यलयका सचिवहरूले गरे पेन डाउन

राप्ती गाउँपालिकाका ९ वटै वडा कार्यलयका सचिवहरूले गरे पेन डाउन

काठमाडौं । दाङको राप्ती गाउँपालिकाका ९ वटै वडा कार्यलयका सचिवहरूले पेन डाउन गरेका छन् ।

तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडासचिव नवीन भुसाल र रुपन्देहीको रोहीणी गाउँपालिका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेमाथि भएको आक्रमणको घटनामा विरोध जनाउँदै उनीहरूले मंगलबार पेन डाउन गर्ने निर्णय लिएका हुन् ।

‘‘विरोध स्वरुप मिति २०८१ साल फागुन ६ गतेका दिन राप्ती गाउँपालिका, मसुरिया, दाङका ९ वटै वडा कार्यालयमा वडा सचिवहरूद्वारा पेन डाउन गर्ने निर्णय गरेका छौं,’ पालिकाका सबै वडासचिवहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन् ।

कार्यक्रमको बिल स्वीकृत नगरेको भन्दै बन्दीपुर गाउँपालिका–६ का अध्यक्ष बलबहादुर गुरुङले वडासचिव भुसालको घाँटी अठ्याउँदै कुटपिट गरेका थिए ।

त्यस्तै, रुपन्देहीको रोहिणी गाउँपालिकाका कार्यपालिका बैठकमै वडा नम्बर २ का अध्यक्ष करम हुसेन खानले शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेमाथि हातपात गरेका थिए ।

उक्त दुई घटनाको विरोध गर्दै राप्तीका सचिवहरूले यस्ता घटनामा एकजुट हुनुपर्ने बताएका छन् ।

‘घाइते हुनुभएका वडा सचिव नवीन भुसाल तथा शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं,’ उनले भनेका छन्, ‘नेपाल राष्ट्रसेवक कर्मचारीहरू अनवरत रुपमा कार्यसम्पादनको सिलसिलामा एकाध जनप्रतिनिधी तथा केही सेवाग्राहीहरूद्वारा हुने शारीरिक तथा मानसिक यातनाविरुद्ध हामी सबै एकजुट हुन जरुरी ठानेका छौं ।’

प्रतिकृया दिनुहोस्