×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

बुङ्गल हाइड्रोपावरको आईपीओ खुल्यो

बुङ्गल हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौं । सर्वसाधारणका लागि बुङ्गल हाइड्रो लिमिटेडको प्राथमिक सेयर ९आईपीओ०मा आज सोमबारदेखि आवेदन खुलेको छ ।

यसअघि आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारमा रहेकालाई आईपीओ बाँडफाँट भइसकेको छ । आम सर्वसाधारणका लागि कम्पनीको कुल १७ लाख १ हजार ५ सय कित्ता आईपीओ खुलेको हो । कम्पनीले जारी पूँजी ८३ करोडको ३५ प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।

अंकित मूल्य १ सयका दरले भदौ १९ गतेसम्म यसमा आवेदन दिन सकिनेछ । न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने बिक्री प्रवन्धक हिमालयन क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ ।

अनलाइन प्रणाली मेरोसेयर वा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आईपीओमा आवेदन दिन सकिने छ ।

हाइड्रोपावर कम्पनी भने नोक्सानीमा छ । आयोजना नै सञ्चालन भइनसकेकाले गत चैत मसान्तसम्म कम्पनीको सञ्चित नोक्सानी ४ करोड १५ लाख रुपैयाँ छ । त्यस्तै प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७२ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ १६ पैसा छ ।

कम्पनीले बझाङमा १०.७० मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । प्रतिमेगावाट लागत २८ करोड २५ लाख रुपैयाँ बराबर छ । अनुमति बहाल रहने अवधि २६ वर्ष १० महिना रहेको छ । केयर रेटिङबाट कम्पनीले बी रेटिङ पाएको छ ।

प्रतिकृया दिनुहोस्