×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

रोल्पा-१ मा नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन विजयी

रोल्पा-१ मा नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन विजयी

रोल्पा । रोल्पामा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन विजयी भएका छन् । नेकपाका उम्मेदवार वर्षमान पुनले २७ हजार ४६० मत प्राप्त गर्दै विजयी भएका हुन् ।

त्यस्तै, प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा। सुदनकुमार वलीले १२ हजार ८ मत पाएका छन् । रास्वपा बालराम थापाले १० हजार ८९४ नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९३३ मत पाएका छन्। नेकपा माओवादीका चुडामणि वलीले ३ हजार ७१४ पाएका छन् ।

रोल्पामा १ लाख ४९ हजार ५ सय ९७ मतदाता रहेका थिए । जसमा ६८ हजार ७७६ अर्थात ४६।३९ प्रतिशत मत रोल्पामा खसेको थियो । ६५ हजार ६३२ मत सदर हुँदा ३ हजार १४४ मत बदर भएको छ । रोल्पामा २०७४ र २०७९ को चुनावी अवस्था ।

कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी हुन्। २०७४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रले एमालेसँग र २०७९ मा कांग्रेससँग गठबन्धन गरेर प्रतिस्पर्धा गरेको थियो। दुवै गठबन्धबाट वर्षमान पुन विजयी भएका थिए।

२०७९ मा कांग्रेससँगको चुनावी तालमेलमा पुन ४१ हजार ७ सय १४ मत प्राप्त गर्दै विजयी भएका थिए। उनका प्रतिस्पर्धी एमालेका पूर्ण बुढामगरले १६ हजार ४ सय ८५ मत ल्याए।

२०७४ मा एमालेसँगको गठबन्धनमा पुनले ४२ हजार ८४ मत पाएर चुनाव जितेका थिए भने प्रतिस्पर्धी कांग्रेसका अम्मरसिंह पुनले २० हजार ३ सय ३७ मत प्राप्त गरेका थिए। पुनले रोल्पाबाट तेस्रोपटक उम्मेदवार बनेर पुनः ह्याट्रिक जित प्राप्त गरेका छन् ।

रोल्पामा ८६ मतदानस्थल,२ अस्थायी मतदान केन्द्र र १८० स्थायी मतदान केन्द्रको मतगणना सम्पन्न भएको छ। रोल्पा शुक्रबार साढे १ बजेदेखि घरेलु तथा साना उद्योग कार्यालयको सभाहल लिबाङ्मा मतगणना सुरु भएको थियो।

प्रतिकृया दिनुहोस्