×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने गरी हुने संविधान संशोधन स्वीकार्य छैन : नेपाल

जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने गरी हुने संविधान संशोधन स्वीकार्य छैन : नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने गरी हुने संविधान संशोधन आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् । 

काठमाडौँमा शुक्रबार भएको सन्देश सभालाई सम्बोधन गर्दै राष्ट्रियता र लोकतन्त्रको पक्षमा छलफल गर्न आफ्नो पार्टी तयार रहेको भन्दै कसैले आफूलाई बेवास्ता गरेमा त्यो स्वीकार्य नहुने बताए । 

‘अहिले संविधान संशोधनको चर्चा चलेका छन् । संविधान संशोधन गर्न नसकिने होइन । तर मध्यरातमा दुई दललेमात्र त्यसमा सम्झौता गर्नुपर्ने आवश्यकता थिएन’, अध्यक्ष नेपालले भने, ‘यसबारेमा नियत र उद्देश्यमाथि प्रश्न खडा भएको छ ।’

उनले सबै कुरामा छलफल गर्न तयार रहेको भन्दै राम्रा कुरालाई समाप्त पार्नेगरी कुनै कुरा आए स्वीकार्य नहुने बताए । उनले संविधान संशोधन प्रस्ताव सजिलै पास हुनसक्ने अवस्था समेत नरहेको बताए । 

‘राष्ट्रिय सभामा हामीलगायत केही पार्टीहरू एकताबद्ध भयौँ भने दुई तिहाइ पुग्नेवाला छैन’, नेपालको भनाइ छ ।

प्रतिकृया दिनुहोस्