×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता घोषणा

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता घोषणा

काठमाडौँ । नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच एकता भएको छ । 

शुक्रबार राष्ट्रिय सभागृहमा भएको समारोह गरी दुई पार्टीबिच एकता भएको घोषणा गरेको हो । समारोहमा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले एकीकृत समाजवादीमा समाहित भएको घोषणा गरेका थिए । 

पार्टी एकीकरण हुँदा ज्यादै खुसी भएको बताए । पार्टी कार्यालय स्वयम्भूबाट एकीकृत पार्टीको कार्यालयसम्म आउन चार वर्ष लागेको बताए ।

गौतम एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्दा उपस्थिति नेता तथा कार्यकर्ताहरू निकैबेर हुटिङ गरेका थिए । उनलाई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता लगायत नेताहरूले स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस्