×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रचण्डले बोलाए विपक्षी दलको बैठक

प्रचण्डले बोलाए विपक्षी दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् । प्रतिनिधि सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकिरहेका बेला प्रचण्डले विपक्षी दलको बैठक बोलाएर छलफल गर्न लागेका हुन् ।

बैठक मध्याह्न १२ बजे संसद् भवन नयाँ वानेश्वरमा बस्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गरिरहेका छन् । तर, सत्तापक्ष तयार भएको छैन ।

यो विषय प्रवेश गरेसँगै यही जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक प्रभावित छ । जेठ १५ गते पवपक्षी दलहरूले बजेट ल्याउन प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका थिएनन् । त्यसयता बजेटमाथिको छलफल प्रतिनिधि सभामा हुन सकेको छैन ।

संसद्को अवरोध खुलाउने विषयमा शनिवार सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता समेत भएको थियो । उक्त भेटमा संसद्को गतिरोध अन्त्यको विषयमा छलफल भएको थियो ।

सत्तारुढ दलका नेताहरूसँगको भेटमा भएका संवादको विषय समेत प्रचण्डले विपक्षी दलहरूलाई ब्रिफिङ गर्नेछन् ।

प्रतिकृया दिनुहोस्