×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सरकारको सय दिन सन्तोषजनक : देउवा

सरकारको सय दिन सन्तोषजनक : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिन सन्तोषजनक रहेको बताएका छन् ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै कांग्रेस सभापति देउवाले सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको बताए । ‘सय दिनलाई मैले त राम्रो मानेको छु’, उनले भने, राम्रो काम गरेको छ ।’

बाढी पहिरोमा पनि सरकारले उद्धार र खोजी गरेको उनले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई वर्ष सरकारको नेतृत्व गर्ने र त्यसपछि डेढ वर्ष आफूले नेतृत्व गर्ने सहमति भएको भन्दै उनले भने, ‘कहाँ कांग्रेस असन्तुष्ट छ, कसले भन्यो असन्तुष्ट भनेर रु ठिक छ, सबैको राम्रो छ सय दिनको काम ।’
 

प्रतिकृया दिनुहोस्