×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कांग्रेस केन्द्रीय कार्यालयमा लगाइएको ताला खोलियो

कांग्रेस केन्द्रीय कार्यालयमा लगाइएको ताला खोलियो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा लगाइएको ताला खुलाइएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँगको छलफलपछि ताला खुलाइएको हो । नियमित महाधिवेशन र युवा प्रतिनिधित्वको माग सहित युवाहरूले ताला लगाएका थिए ।

विद्यार्थी नेता भुवन भट्टका अनुसार कार्यवाहक सभापति खड्काले नियमित महाधिवेशन र युवा प्रतिनिधित्वको सुनिश्चितता बारे केन्द्रीय समितिमा छलफल गर्ने र निर्णय लिने प्रतिवद्धता गरेपछि ताला खोलिएको हो ।

दुईदिन अघि देखि लगाइएको ताला केन्द्रीय समिति बैठक सुरु हुनु अघि खोलिएको हो । शुक्रबारदेखि स्थगित हुँदै आएको केन्द्रीय समितिको बैठक आज बस्न लागेको छ ।

प्रतिकृया दिनुहोस्