×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मधेश प्रदेश

मधेश सरकारले आज बलिदानी दिवस मनाउँदै

मधेश सरकारले आज बलिदानी दिवस मनाउँदै

काठमाडौं । प्रथम मधेश आन्दोलनको आज १८ वर्ष पूरा भएको अवसरमा मधेश केन्द्रित दल र मधेश सरकारले आज विभिन्न कार्यक्रम गरी बलिदानी दिवस मनाउँदैछन् ।

आजकै दिन ५ माघ २०६३ मा आन्दोलनको क्रममा सिरहाको लहानमा रमेश महतो सहादत भएपछि प्रथम मधेश आन्दोलनको शंखनाद भएको थियो ।

शहीद रमेश महतोको सहादत तथा आन्दोलनको सुरुवात भएको सम्झनामा माघ ५ गतेलाई मधेश प्रदेश सरकार र मधेश केन्द्रीत दलहरु बलिदानी दिवसको रुपमा मनाउँदै आएका छन् ।

बलिदानी दिवस मधेश सरकारले आज जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको सभाहलमा बलिदानी दिवस मनाउँदै छ । गृह संचार तथा कानुन मन्त्रालयअन्तर्गत रहेको मधेशी शहीद प्रतिष्ठानले आयोजनामा सातौं बलिदानी दिवस मनाउन लागेको हो । त्यस कार्यक्रमको रुपमा प्रमुख अतिथि मुख्यमन्त्री सतिशकुमार छन् भने मधेश सरकारका मन्त्री, सचिव तथा मातहतका निकायको उपस्थिति रहने जनाएको छ ।

यस अवसरमा सहिद परिवारहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।

२०६३ मा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवलगायतका नेताहरुले अन्तरिम संविधानको प्रतिलिपि जलाए र प्रहरीले उनलाई पक्राउ गरेपछि आन्दोलन सुरु भएको थियो ।

आन्दोलनका क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतो पहिलो सहिद भए । त्यसपछि मधेशभर आन्दोलन चर्किएको थियो ।

प्रतिकृया दिनुहोस्