काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ६ हजार २ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १८० रुपैयाँ बढेर प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।