काठमाडौँ । चीन र भारतबिच लिपुलेक मार्ग भएर सीमा व्यापार पुनः खोल्ने सम्झौताको विरुद्ध नेकपा(माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु(क्रान्तिकारी)ले भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ ।
शुक्रबार दिउँसो क्रान्तिकारीले काठमाडौँको लैनचौरस्थित दूतावास अगाडि सङ्गठनको विदेश विभागद्वारा विरोध प्रदर्शन गरेको हो । नेपालको भूमि लिपुलेकलाई व्यापारिक नाका बनाई अतिक्रमण गर्ने भारत र चीनको हस्तक्षेपकारी षड्यन्त्रका विरुद्ध विरोध प्रदर्शन गरिएको महासचिव रोशन मगरले बताए ।
चीनका विदेशमन्त्री वाङ वी दिल्ली भ्रमणका बेला भदौ ३ गते सीमा व्यापार सम्बन्धमा दुई पक्षीय सम्झौता भएको थियो ।