×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रदेश सांसद सरल सहयात्रीले गरे निर्वाचित भएको दोस्रो बर्षको प्रगति सार्वजनिक (विवरणसहित)

प्रदेश सांसद सरल सहयात्रीले गरे निर्वाचित भएको दोस्रो बर्षको प्रगति सार्वजनिक (विवरणसहित)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. १ (ख) बाट निर्वाचित सांसद सरल सहयात्री पौडेलले आफू निर्वाचित भई निर्वाचन आयोगबाट प्रमाणपत्र लिएको दुई बर्ष पुगेको अवसरमा आफुले गरेका कामहरुको विवरण सार्वजनिक गरेका छन ।

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको अध्यक्ष समेत रहेका पौडेलले गठबन्धनका कारण प्रतिनिधिसभा क्षेत्र नं. १ (ख) बाट निर्वाचनमा भाग लिई विजयी भएपनी समग्रमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रतिनिधित्व हुनेगरी बागमती प्रदेशसभामा काम गरिरहेको र जनतासामु पनि यहि प्रतिबद्धता गरेको बताएका छन।

नियमित रूपमा सामान्य भैपरी आउने काममा भन्दा दिर्घकालिन योजना सहितको रणनीति तय गरि विकास निर्माणका कामलाई अगाडि बढाउन सके मात्र जनताको हित हुने र संघियताको मर्मअनुसार प्रदेशको भुमिका पनि बलियो बन्दै जाने भएकोले नितीगत सुधार र संरचनाको सुधारमा नै बढि जोड दिनेगरि काम गरेको सांसद पौडेलले बताएका छन ।  

सामाजिक सांस्कृतिक रूपान्तरण र मुख्यतः शिक्षाको क्षेत्रमा सुधार गर्न सकेमात्र भौतिक विकाससँगै मानवीय विकास पनि अगाडि बढ्ने भएकोले आफुले निर्वाचनमा भाग लिदै गर्दा यीनै बिषयमा काम गर्ने प्रतिबद्धता गरेकोले सोहिअनुसार शिक्षा क्षेत्रलाई सुधारको काम, बजेट र योजनामार्फत कार्यान्वयनमा लैजान सुरू गरिएको छ।

प्रतिकृया दिनुहोस्